१७ कात्तिक ०७८, ललितपुर। तिहारललाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले ‘विशेष’ सुरक्षा योजना बनाएको छ। चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाई, आगलागीलगायत बजार व्यवस्थित गर्न विशेष सुरक्षा योजना ल्याइएको हो ।
तिहारका बेला आगो तथा बिजुलीको प्रयोग बढी हुनेहुँदा विपद्को घटना पनि बढ्न सक्ने सम्भावनालाई दृष्टि दिँदै महानगरले नगर प्रहरीलाई २४ घन्टा स्टाण्डबाई राख्ने भएको छ ।
प्रज्वलनशील वस्तुहरु घरमा नराख्ने, राखिहालेमा बच्चाको पहुँच नपुग्नेगरी राख्नुपर्ने महानगरले जनाएको छ । यस्तै ललितपुर नगर प्रहरी २४ सैं घन्टा तैनाथ गरि दुर्घटना न्यूनिकरणमा सघाउने महानगरले जनाएको छ ।
प्रतिक्रिया