७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा १७५ सहित थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



१७ कात्तिक ०७८, काठमाडौं । बुधबार नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल नौ हजार ९१३ जनाको नमूना परीक्षण गर्दा ४४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९५ र एन्टिजेन विधिबाट ५२ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल छ हजार ५७७ जनाको पीसीआर र तीन हजार ३३६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४३९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
काठमाडौं उपत्यकामा १७५ थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।

यस्तै, काठमाडौंमा १९९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९४६, ललितपुरमा ५४४ र भक्तपुरमा ५०६ छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।