२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा भेटियो ८ सय रोपनी सार्वजनिक जग्गा



टुडिखेल

१८ कात्तिक ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८ सय रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ ।
आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिएका छन् । “सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो”, प्रमुख शाक्यले भने, “अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।”

तिनकुने

कार्यक्रममा ३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले आफ्नो वडामा ३१ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको जानकारी दिँदै यो जग्गालाई संरक्षण गरी सामाजिक उपयोगमा ल्याउने बताएका छन् । बागमती नदी किनारामा रहेको करिब छ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करिब पाँच रोपनी क्षेत्रफलमा बाल उद्यान निर्माण हुनेछ । यस उद्यानको निर्माणको महानगर जलपा निर्माण सेवाले रु ७७ लाख २२ हजार ८१३ मा गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।