८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको चाँगुनारायणबाट साडे दुई लाख नगदसहित जुवाखालबाट १५ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

१९ कात्तिक ०७८, भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बेशीटोलबाट आज शुक्रबार बिहान रु दुई लाख ६८ हजार ३ सय ९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।
बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २ सय ९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको छ ।
सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिएका छन् ।

बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।