८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा कभर्डहल बनाउन देउसी खेलेर एक लाख रुपैयाँ संकलन



फाइल तस्विर

२० कात्तिक ०७८, सिन्धुल्पाल्चोक । पाँचपोखरी थाङपाल ४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया सङ्कलन गरेको छ । ब्याडमिन्टन खेल्न सहज बनाउन कभर्ड हल निमार्णको उद्येश्यसहित देउसीभैली कार्यक्रम मार्फत ९८ हजार नौ सय रुपैया सङ्कलन गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिएका छन् ।
यो रकममा थप गरी एक लाख पु¥याउने उनले जानकारी दिएका छन् । साथै कभर्ड हल बनाउन आवश्यक रकम थप गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने ब्याडमिन्टन टिमले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।