७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनामनगरमा दिपावलीमा बलेको दियोबाट सल्कियो आगो,भिषण आगलागी, ५६ लाखको क्षति



प्रतिकात्मक तस्बिर

२१ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको अनाम नगरमा दिपावली गर्ने क्रममा बालिएको दियोबाट आगो सल्कदा भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २९ अनामनगरस्थित गोरखा भिमसेन थापा गाउँपालिका घर भएकी २४ वर्षीया पुष्पाञ्जली भन्तनाको फर्निचर सोरुममा लक्ष्मीपूजाको दियो बालेर बाहिर गएको अवस्थामा बिहीबार साँझ आगलागी भएको थियो । आगलागीपछि फर्निचरका सामानहरू जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
साथै आगलागीबाट यसै घरमा रहेको ३८ वर्षीय सुयोभ मैनालीको काठमाडौं कस्मेटी सर्जरी समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।