ललितपुर खबर
२७ कात्तिक ०७८, ललितपुर । ललितपुर क्षेत्र नं. २ मा एमाले महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । समाचार श्रोतका अनुसार जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठ,जिल्ला कमिटी सदस्य तथा कानुन व्यावसायी राम राउत,प्रदेश कमिटी सदस्य चिरिञ्जीवि आचार्य र महिला तर्फ आश्था शाक्य रहेकी छिन् ।
गोदावरी नगरबाट महिलातर्फ प्रतिनिधि अन्नपूर्ण बस्नेत र तारा सञ्जेललाई महाधिवेशन प्रतिनिधि पठाउने सहमती भएको छ ।
शुक्रबार अवेरसम्म भएको छलफलपछि ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रमा भने सहमती हुन सकेन । यस क्षेत्रको प्रतिनिधि छनौटका लागि शुक्रबार साँझ भएको निर्णय अनुसार शनिबार विहान १० बजेदेखि ४ बजेसम्म सातदोवाटोस्थित मुललाइट सेकेण्डरी स्कूलमा निर्वाचन हुने भएको छ ।
प्रतिक्रिया