२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्को चोकमा स्कुटर दुर्घटनामा ललितपुरका बुढाथोकीको निधन



२८ कात्तिक ०७८, काठमाडौं । काठमाडौं ग्वार्को चोकमा स्कुटर दुर्घटनामा ललितपुरका एक युवकको मृत्यु भएको छ ।

इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षका विनोद बुढाथोकीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार स्कुटर अनियन्त्रित भएर आफैँ पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।