८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लामाटारमा १७५ बढी माओवादी नेता, कार्यकर्ता एमालेमा प्रवेश



२८ कात्तिक ०७८ ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ र १०(साविक लामाटार गाविस) मा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

लामाटारमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् ।

विगतमा ठुलो जनधनको क्षति व्यहोरेर जनयुद्ध गरी सत्ताको केन्द्रमा पुगेको माओवादी केन्द्रका नेताहरु पछिल्लो समय सत्ता र स्वार्थमा केन्द्रित हुँदै तल्लो वर्गका जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिएकोले अब उक्त पार्टीको औचित्यता सकिएको उनीहरुले बताएका छन् ।

दुई दिनअघि मात्र माओवादी केन्द्रको जिल्ला सदस्यको भूमिकामा रहेका रामप्रसाद तिमल्सिना,वाइसियलको नगर इन्चार्ज र विगतको स्थानीय निर्वाचनमा महालक्ष्मी ९ को वडाध्यक्षको उम्मेदवार रहेका मोहनकृष्ण तण्डुकार, वीरमान तामाङ,सुरेश पोखरेल, हरिकृष्ण थापा लगायतका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

आइतबार लामाटारको पूर्व गाविस अध्यक्ष समेत रहेका एमालेका बाग्मती प्रदेश कमिटी सदस्य चिरञ्जीवि आचार्यको समन्वयमा ती नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।