२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कमलविनायक नगरकोट सडक दुई महिनाभित्रै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन



फाइल तस्विर

२८ कात्तिक ०७८, भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दु्ई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको यो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन् । उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिइन् । पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ । उनले भनिन्, “पर्यटक यहाँ आराम गर्न आउँछन् तर आइपुग्दा नै थकाइ लाग्ने भएपछि कसरी रमाउँछन् ।”
पटकपटक ठेक्का अवधि थप भएको यो सडकमा अब अवधि थप नहुने मन्त्री यादवले बताइन् । अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उनको भनाइ छ । पन्ध्र किमी सडक सात वर्षसम्म पनि पूरा नहुनु अनौठो भएको उनले बताइन् । देशभरका विभिन्न सडक केही वर्षयता कोरोना र भूकम्पका कारण ढिला भयो हुनसक्ने उनले बताइन् । आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने उनले बताएकी छिन् । उनले भनिन्, “सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताए । निर्माण कम्पनीले चाहँदा निर्माण सामग्री पाइने भन्दै उनले यहाँका लागि सामग्री र जनशक्ति दुवै थप गर्न भएका छन् । सडकमा निर्माणको काम जुन खण्डमा जहाँजहाँ पुगेको छ त्यहीँबाट सबैतिर सँगसँगै अघि बढाउन उनले निर्देशन गइन् ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले एकदुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्ने बताए । यो सडकमा नियमित अनुगमन गर्न र यहाँको प्रगति बुझाउन उनले सम्बन्धित योजनालाई निर्देशन दिए । योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले आफू नियमित रुपमा स्थलगत निरीक्षण गरेर गल्ती सच्याउन भनिरहेको बताइन् ।
निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्ययोजना बनाएर लागेको जानकारी मन्त्री यादवलाई दिएका छन् । सडक कहिले बनाइसकेर यहाँबाट उम्कने भन्ने आफूहरूलाई लागेको उने बताए । उनले भने, “ठेक्का लम्ब्याएर वा कम गुणस्तरको सडक बनाएर हामीलाई पनि फाइदा छैन ।” मन्त्री यादवलगायत मन्त्रालय र विभागका टोलीलाई स्थानीयवासीले गुनासो राखेका थिए । लामो समयसम्म सडक अलपत्र हुँदा धुलाम्मे भएको उनीहरूले गुनासो गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ०० बजे