१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महांकालका तिमल्सिना आखेटोपहारसहित पक्राउ



२९ कात्तिक ०७८, काठमाडौं । काठमाडौं, महानगरपालिका–१४ बल्खुबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने १ थान छाला (आखेटोपहार) र ४ थान छालाका टुक्रासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ललितपुर महांकाल गाउँपालिका–५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिना रहेका छन् ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

दिपेशलाई बरामद आखेटोपहार सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।