२९ कात्तिक ०७८, काठमाडौं । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको मनाङमा लेक लागेर मृत्यु भएको छ ।
तिलिचो ताल भ्रमणका लागि गएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।
तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्पमा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फिर्ता भएको थियो । उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।
करिब ६ घण्टाको बाटो खाङ्सारसम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया