२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणमा बिहानैदेखि भक्तजनको भीड



फाइल तस्विर

२९ कात्तिक ०७८, भक्तपुर ।  हरिबोधनी एकादशीका दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । उपत्यकामा रहेका चारनारायणमध्येको जेठो नारायणका रुपमा पुजिँदै आएको यो मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको स्थानीयवासी एवं नगरपालिका ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिएका छन् ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् । चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहानैदेखि नै दर्शनार्थीको भीड लागेको चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिएका छन् ।
मन्दिरमा सहजरुपमा दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । चारवटै नारायणको दर्शन गर्र्न नसक्ने पनि चाँगुनारायण मन्दिरका दर्शनमा आउने गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेको भगवान विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रहेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको पूजा गर्ने गर्ने गरिन्छ । आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ । रासस

चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आज चार नारायणमध्ये जेठो नारायणका रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले यहाँका सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था, शैक्षिक संस्थालाई सार्वजनिक बिदा दिएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।
भक्तपुर दुधपोखरीमा पौडी खेल्ले क्रममा डुवेर युवकको मृत्यु
२८ कात्तिक ०७८, काठमाडौं । भक्तपुरको सिछपोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुवेर मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरस्थित भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका ३ झौखेल बस्ने २७ वर्षीय राजेश सुलुको शनिबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा राजेश डुबेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र विपद् व्यवस्थापन समेतबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएका जानकारी दिएकोे हो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : ५८ बजे