१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेस महाधिवेशन : उदयशम्सेर प्लानलबाट उम्मेदवारी टुंगो




१ मंसिर ०७८, चापागाँउ । नेपाली काँग्रेस ललितपुरको क्षेत्रिय सभापतिका लागि उदयशम्सेर प्लानलले उम्मेदवार टुंगो लगाएको छ । मंगलबार भएको छलफलपछि उदयशम्सेर राणा, मिनकृष्ण महर्जन, ऋषिराम फुँयाल, गणेश केसी,पुरुषोत्तम सिलवाल पक्षको भेलाले उम्मेदवार टुंगो लगाएको नेपाली काँग्रेसको वागमती प्रदेश तरुण विभाग  सचिव उमेश कायस्थले बताए ।
बैठकले नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र न. १ बाट क्षेत्रीय सभापतिमा दक्षिण ललितपुरस्थित मानिखेलमा सुन्दरमान थिङ्गलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले ललितपुर क्षेत्र नं. १ प्रदेश क सभापतिका मिलन सिल्वाल र प्रदेश ख सभापतिमा ज्ञान बहादुर लोलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।
ललितपुरमा शेरबहादुर प्यानलमा उदयशम्सेर र मदन बहादुर अमात्य दुई खेमा देखा परेको छन् । मदनबहादुर अमात्यले गजेन्द्र महर्जनलाई जिल्ला सभापतिमा अघि बढाउने तयारीमा छन् भने उदयशम्सेर प्यानलबाट मिनकृष्ण महर्जनले जिल्ला सभापतिको उम्मेदवारी दिदैछन् ।
ललितपुर क्षेत्र नं. १ क र ख को अभिवेशन यही मंसिर ३ गते हुँदैछ । भने क्षेत्रको मंसिर ६ गतेका लागि तोकिएको छ । ललितपुर क को अधिवेशन चापागाँउस्थित वेलकम प्यालेसमा हुँदैछ ।

 

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : २३ बजे