२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर नगरपालिकाले किसान दियो गहुँ र आलुको बिउ




१ मंसिर ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्रका स्थानीयलाई गहुँ र आलुको बिउ वितरण गरेको छ । नगरपालिकाले वडागत रुपमा एक पाथी गहुँ र पाँच किलो आलु वितरण गरेको हो ।
पालिकाले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले उन्नत जातका बिउबिजन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरू गरेको बताए । नेपालमा वर्षेनी अर्बौंको धानको बीउ आयात हुने क्रम जारी रहेको र देश परनिर्भरतातर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानलाई विक्री वितरण गर्न तयारीमा रहेकोे जानकारी गराए । पालिकाले नगरभित्रका स्थानीयलाई वडागत रुपमा बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ३३ बजे