२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा नेपाली काँग्रेस प्रदेश महाधिवेशन कहाँ हुँदैछ ?




ललितपुर खबर
३ मंसिर ०७८, चापागाँउ । आज नेपाली काँग्रेसको केही जिल्लाबाहेक मुलुकभरका ३ सय ३० वटा प्रदेश सभापति निर्वाचन हुने भएको छ ।
नेपाली काँग्रेस ललितपुर जिल्ला संयोजक निर्वाचन लोक खड्काका अनुसार यस अन्र्तगत ललितपुर क्षेत्र नं. १ को क को अधिवेशन ललितपुरको बज्रवाराहीस्थित फुलबारी प्यार्टी प्यालेसमा हुँदैछ ।
ललितपुर क्षेत्र नं. १ को ख को चापागाँउ टाहाखेलस्थित वेलकम पार्टी प्यालेसमा हुने भएको छ ।
ललितपुर क्षेत्र नं. २ अन्र्तगत क सिद्धिपुर पार्टी प्यालेस र खको भने शंखमुलस्थित यल दरवारमा हुँदैछ र ललितपुर ३ कको भने नखिपोटस्थित जिल्ला पार्टी कार्यालयमा हुँदैछ । ख प्रदेश क्षेत्रको भैसेपाटीस्थित घण्टाघर पार्टी प्यालसमा हुँदैछ ।
काँग्रेसको प्रदेशसभामा सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिनेछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५ सय र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन् ।
करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन् ।
१६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ०२ बजे