२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा घरदैलो नर्सिङ सेवा



६ मंसिर ०७८, भक्तपुर ।  भक्तपुरमा अबदेखि घरदैलो नर्सिङ सेवा उपलब्ध हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजननस्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा उक्त अभियान सञ्चालन गर्न लागिएको हो ।
सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ्गसेवा कार्यक्रमको लागि आइतबारबाट अभिमुखिकरण कार्याक्रम समेत सञ्चालन भएको छ । उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्र्टीका सचिव संघीय सांसद प्रेम सुवालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा सांसद सुवालले घरदैलो नर्सिङ्ग सेवाबाट जनताहरु लाभान्वित हुने बताए ।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ्ग सेवा सुरु गर्न लागिएको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : २६ बजे