७ मंसिर ०७८, ललितपुर । भक्तपुर थिमि १ का नगरकार्यसमिति सदस्य जगत कृष्ण प्रजापतिले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबार आफ्नो राजीनामा नगरसभापतिलाई बुझाएका हुन् । प्रजापतिकाे राजीनामा पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत मध्यपुर थिमि नगरसमतिको अधिवेशनमा वडा नं १ को तर्फबाट नगरकार्य समिति सदस्यमा निर्वाचित भएको म जगतकृष्ण प्रजापति नेपाल पत्रकार महासंघ भक्तपुरको अध्यक्ष समेत रहेको र महासंघको विधान अनुसार महासंघको जिम्मेवार पदमा रहेको अवस्थामा कुनै पनि दल वा भातृसंगठनको कुनै पनि समितिमा बसेर कार्य गर्न नपाउने व्यवस्था भएकाले विद्यानको प्रावधानलाई सम्मान गर्दैआजैका मितिदेखि लागू हुने गरी नगरकार्यसमिति सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’
यस्तै प्रजापतिले पदमा नरहेता पनि पार्टीको लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै मुलुकको हरेक लोकतान्त्रिक आन्दोलन र क्रियाकलापमा सवैव साथ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छन् । प्रजापतिले राजीनामाको बोधार्थ नेपाल पत्रकार महासंघ भक्तपुर र केन्द्रीय समितिमा समेत बुझाएका छन् ।
प्रतिक्रिया