३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ जना मृत फेला




९ मंसिर ०७८, काठमाडौं । काठमाडौंको नयाँबजार र मनमैजुमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महानगरपालिका १६ नयाँ बजारस्थित गार्मेन्टमा काम गरी बस्ने मोरङ घर भएका ४६ वर्षीय नटबर शर्मा काठमाडौं महानगरपालिका १७ नयाँबजार खुसिबु पार्क नजिक सडक पेटीमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं तारकेश्वार नगरपालिका ९ मनमैजुस्थित खेतमा यसै ठाउँ बस्ने रुकुम (पूर्व) भुमे गाउँपालिका ३ घर भएका २२ वर्षीय प्रबिन पुन मगर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।