१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेसमा त्रिपक्षीय भिडन्त : २ पल्ट भोट हाल्नु पर्ने खतरा




ललितपुर खबर
१० मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रेसमा त्रिपक्षीय भिडन्तका कारण मतदातालाई सकस हुने देखिएको छ । ललितपुर काँग्रेसका मतदान अधिकृत सुरेस घिमिरेले शनिबार २ पल्ट भोटिङको सम्भावना बढेकाले एकाविहानै देखि भोट हाल्ने व्यवस्था गर्ने तयारी भइरहेको ललितपुर खबरलाई बताए । निर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको र एक जना उम्मेदवारीको ५१ प्रतिशत मत ल्याउने सम्भावना कम रहेकोले २ पल्ट मतदान को व्यवस्था गर्नु पर्ने अवस्था आउन सक्ने अवस्था रहेको हो ।

उनले भने, विहानै सात बजेबाट निर्वाचन सुरु गर्ने तयारीमा छौं । बाह्र बजेसम्म निर्वाचन सक्ने तयारी छ ।
उनका अनुसार २ घण्टाभित्र मतगणनापछि कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नपुगेको खण्डमा फेरि २ जना धेरै मत ल्याउने उम्मेदवारको बीच मतदान गर्ने तयारी भइरहेको हो ।
मतदातालाई सास्ती
एकविहानै मतदानको व्यवस्था गरि १२ बजेसम्म मतदानको समयसिमा तोक्दा मतदातालाई सास्ती हुने एक प्रतिनिधिले ललितपुर खबरलाई बताए । नाम नलेख्ने शर्तमा उनले भने, ‘ललितपुरको दुर्गम भेगबाट गाडी चढेर आउनु पर्छ । धेरैलाई भोट हालेर फर्कनु पर्छ । राती बस्न पनि समस्या छ ।’

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ०४ बजे