९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोटिखेलको महाँकाल स्कूलले माग्यो लेखा शिक्षक



कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

११ मंसिर ०७८, ललितपुर । दक्षिण पुर्वी ललितपुरको गोटिखेलस्थित महाँकाल उच्च माध्यामिक विद्यालयले लेखा शिक्षकका लागि दरखास्त मागेको छ ।
यही मंसिर २४ गतेभित्र लेखाशास्त्रमा स्नातकोत्तर योग्य उम्मेदवारले अध्यापन अनुमती,निरोगीताको प्रमाणपत्र,नागरिता र शैक्षिक प्रमाणपत्र सहित दरखास्त दिन सक्ने एक सूचना प्रकाशित गरेर विद्यालयले जानकारी दिएको छ ।
विद्यालयले कक्षा ११ र १२ का लागि लेखा अध्यापन गराउन करार शिक्षक मागेको हो । लिखित,मौखिक र प्रयोगात्मक विधिबाट छनौट गरिने शिक्षकका लागि नेपाल सरकारको नियमानुसार सेवा सुविधा उपलव्ध हुने सूचनामा उल्येख छ । अन्र्तवार्ता वा लिखित परिक्षा कहिले हुने भन्ने विषय सूचनामा उल्येख छैन । यद्यपी मंसिर २६ गते सम्पर्क गर्नु पने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।