२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेसको निर्वाचनपछि निस्केन परिणाम,भोलि फेरि निर्वाचन हुने



११ मंसिर०७८,ललितपुर । ललितपुर काँग्रेसको त्रिपक्षिय प्रतिश्पर्धाका कारण आज शनिबार निर्वाचन गरिए पनि मत अन्तिम परिणाम भने आउन सकेन ।
ललितपुर काँग्रेसका निर्वाचन अधिकृत सुरेश घिमिरेका अनुसार उममेदवारहरु रामकृष्ण चित्रकारले ५ सय ४, जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ र मीन कृष्ण महर्जनले ३ सय ३६ ल्याएका मत ल्याएका छन् ।
प्राप्त मत परिणम अनुसार तीनमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि भोलि आइतबार धेरै मत ल्याउने रामकृष्ण चित्रकार जितेन्द्र मलेखुबीच ८ बजे पुनः निर्वाचन हुने निर्वाचन अधिकृत घिमिरेले बताए ।
उनका अनुसार आज विहान ८ बजेबाट ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा भएको निर्वाचनका क्रममा १ हजार ३ सय २२ मत खसेको थियो । मतगणनाको क्रममा १० मत भने बदर भएको थियो ।
ललितपुरमा जिल्ला कार्यसमितीलाई मतदान गर्ने १ हजार ३ सय ४८ मतदाता थिए ।
घिमिरेका अनुसार आइतबार १ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ । लगत्तै सभापतिद्वयको मतगणना गरिनेछ । उनका अनुसार त्यसपछि मात्रै अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरुको मत गणना हुन्छ । उनले भने, त्यस अघि मतगणना गर्दा भोलि हुने सभापतिद्वयको निर्वाचनलाई प्रभाव पर्ने भएकाले आज मत गणना स्थगित गरेका छौं ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ०८ बजे