९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस काठमाडौं सभापतिमा बानियाँ विजयी



१३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन्।
एक हजार ९ सय ५७ मत ल्याएर बानियाँ विजयी भएका हुन्।
उनी यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।

आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन्। कार्कीले एक हजार ८९ मत ल्याएका थिए।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।