१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निर्माण सकिएको केही दिनमै जिर्ण बनेको ताथलीको पर्खाल




१३ मंसिर ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएको पर्खाल जिर्ण बनेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेको हो ।
नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने यो पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो । पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजोर भएको वडाध्यक्ष गणेश त्यातले बताए ।
उनका अनुसार सो योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ । ’सडकको पर्खाल भत्किन लागेको भन्दै स्थानीयको गुनासो आएको थियो । सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएको देखियो,’ उनले भने, ’वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेका थियौँ ।’
उनका अनुसार प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला (ढलान) हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेको पाइन्छ ।
नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनका अनुसार एक तह ढुंगा, एक तह ढलान राखी बनाउनु पर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ । त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ । सो पर्खाल निर्माणाको जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ५३ बजे