८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


 भक्तपुर ताथली पुलबाट गाँजासहित एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१३ मंसिर ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय मियुज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बा.६६ प ३६६४ नम्बरको स्कुटरलाई महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक कार्कीलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका-७ वीरेन्द्रनगर बस्ने ४२ वर्षीय तेज बहादुर गुरुङ र सोही नगरपालिका-४ खुरखुरे बस्ने २९ वर्षीय अनमोल लामा रहेका छन् । सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००२ प १९०२ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकको पोकामा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक गुरुङ र मोटरसाइकलमा सवार लामालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।