१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा क्यानभासमा ‘सत्यमाेहन बा’ प्रदर्शनी शुरु



२० मंसिर ०७८, पाटन । ललितपुर पाटनमा क्यानभासमा सत्यमोहन बा प्रदर्शनी सुरु भएको छ । पाटनस्थित सत्यमाेहन जाशीकाे निवासमा रहेकाे लाेक साहित्य भवनमा प्रदर्शनी अागामी मंसिर २५ गतेसम्म चल्नेछ ।

प्रर्दशनीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले झण्डै शताव्दी लामो कला साहित्यमा विताएका जोशीको पोट्रेट प्रर्दशनी आउछु खुशीको कुरा भएको बताइन् ।

आयोजक संस्था योङ पिकासोका प्रमुख अजय देशारले कला प्रर्दशनीमार्फत संस्कृतीविद् जोशीको पोट्रेट प्रर्दशनी गर्न पाउदा गौरवको महसुस भएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छिन् ।
दुई वर्षअघि माघ १५ गते कोरिएका ४ सय मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पु¥याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन् ।
उनले भनिन्, “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।” उनले एउटै चित्रले जोशीका जीवनका बारेमा उनकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा थियो ।
सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट रु ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शताब्दीपुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे । जोशीले भने, “योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगरे यस्ता सिर्र्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।”
ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको आँैल्याए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो प्रदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे ।
पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, “चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहान्छाँै ।”
जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी दिए ।
कार्यक्रममा ललितपुरका साथै गोदावरी अनि महालक्ष्मी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित व्यक्तिले जोशीको योगदानका विषयमा खुलेर प्रशंसा गर्दै सुस्वास्थ्य एवं दिघार्युको कामनासमेत गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ५४ बजे