२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा गुण्डागर्दी गरी पैसा असुलेको आरोपमा २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२० मंसिर ०७८, काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति रु २५ हजारका दरले एकमुष्ठ रु ९० लाख २५ हजार असुल्न खोज्ने काठमाडौँ सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रविन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी आज सोमबार सार्वजनिक गरेको हो ।
निषेधाज्ञाका कारण म्यानपावर चल्न नसकेको अवस्थामा कमिशन र दशैँ खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।