१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनका अग्नी पिडित ताम्रकार परिवारलाई ललितपुर महानगरको १० लाख सहयोग



उर्जा तथा जलश्रोतमन्त्री ताम्रकार परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै । फाइल तस्विर

२२ मंसिर ०७८, ललितपुर । ललितपुरको पाटन नःबहाल चक्रवहिलमा आगलागीपिडितलाई ललितपुर महानगरले १० लाख आर्थिक सहयोग गर्ने भएको छ । गत तिहारको म्हःपुजाको दिन आगलागीबाट घरमा ग्यास विस्फोट भई लक्ष्मीकृष्ण ताम्रकारसहिते ४ जना को मृत्यु भएकोे थियो ।
महानगरले बुधवार प्रेस विज्ञप्ती जारी गरी ताम्रकार परिवालाई सहयोग गर्ने घोषणा गरेको हो । आगलागीपछि ६७ बर्षिय लक्ष्मीकृष्ण ताम्रकार, उनकी छोरी ३५ बर्षिया अन्जना, ३५ बर्षकी बुहारी रचना र १० बर्षका नाति निर्मलको निधन भएको थियो ।
महानगरद्वारा जारी विज्ञप्तीमा ‘मानविय क्षतिको अगाडी आर्थिक सहयोग नगण्य हुने र मानवीय क्षतिलाई आर्थिक सहयोगले पूर्ति नगर्ने भए तापनि आफ्ना नागरिकको पीडाको साझेदार बन्न महानगरीय विपद् व्यवस्थापन समितिले उक्त परिवारलाई दश लाख सहयोग गर्ने निर्णय गरेको उत्येख गरेको छ ।विज्ञप्तीमा भनिएको छ, बैठकले आगलागीमा परेर घाईते भएका खर्च समेत महानगरले नै ब्यहोर्ने निर्णय गरेको छ ।’
महानगरको बैठक आगलागीबाट क्षतिग्रस्त त्यस घरको पुननिर्माणको लागि नक्सा पास गर्न लाग्ने राजस्व छुट समेत दिने निर्णय गरेको छ ।
आगलागी पछि ललितपुर महानगरको वडा नं. १२ र ताम्रकार समाजले एक लाखको अक्षय कोष खडा गरेको थियो ।
आगलागीपछि घाईते ४२ बर्षीय छोरा निरज ताम्रकार पाटन अस्पतालमा उपचारपछि घर फर्केका छन भने आगलागीबाट बच्न भाग्न क्रममा घाईते भएकी ३२ बर्षिया लक्ष्मीकृष्णका कान्छी छोरी सिर्जनाको अहिले पनि उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १८ बजे