१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुद्धनगरको वाग्मतीभित्र पुरिएको फोहर डोजरले निकालिँदै



ललितपुरको थापाथलीस्थित यूएन पार्कनजिकबाट देखिएको वागमती नदि ।तस्विर : ललितपुर खबर

२४ मंसिर ०७८, काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको बुद्धनगर नदीभित्र गाडिएको फोहरलाई डोजरले निकाल्न थालिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अग्रसरतामा यस क्षेत्रको नदीभित्र गाडिएका फोहर निकाल्न थालिएको हो । डोजर लगाएर नदीको तल पुरिएको फोहर निकालेर नदी सफा गर्न लागिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिएका छन् ।
सफाइ महाअभियानको ४ सय ४८औँ हप्तामा आज बुद्धनगर क्षेत्रकै नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । फोहर काठमाडौँ महानगरपालिकाको गाडीले लगेको छ । महानगरपालिकाको गाडीमा फोहर राखेका आधारमा परिणाम सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत ३ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
महाअभियानको ४ सय ५० हप्ता पूरा भएका अवसरमा पुस १० र १७ गते शनिबारको सफाइ अभियानलाई विशेष रूपमा सञ्चालन गरिने भएको छ । यसका लागि तयारी शुरु गरिएको छ । चार ५० हप्ताको विशेष कार्यक्रम पनि बुद्धनगर क्षेत्रकै नदी किनारमा गरिने भएकाले हाल सफाइ अभियानलाई यहाँ केन्द्रित गरिएको हो ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ हुँदै आएको छ । सुरु भएदेखि प्रतिकूल अवस्थामा पनि महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदीका साथै चक्रपथका विभिन्न खण्ड एवं सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ अभियान भइरहेको छ । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका क्रममा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । मुहानदेखिकै नदी सफाइ गर्ने नाराका साथ भइरहेको यस क्षेत्रको सफाइको नेतृत्व वाग्मती सुन्दरता सरोकार मञ्चले गर्दै आएको छ । यस क्षेत्रमा फोहरको वर्गीकरण गरेर कुहिने फोहरलाई जमिनमुनि गाडिन्छ । नकुहिने फोहरलाई भने त्यस क्षेत्रका नगरपालिकाले व्यवस्थापन गर्दै आएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिएका छन् ।

मनोहरा सफाइ अभियानको २४७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला सिनामङ्गल क्षेत्रमा सफाइ गरिएको छ । सत्तरी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।
यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, चक्रपथका उत्तरी र पश्चिम खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यका बाहिर पनि सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिर १ सय ९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४२ बजे