२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ शुभारम्भ   



२९ मंसिर ०७८, काठमाडौं । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ शुभारम्भ गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यले टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मेयर दीर्घायु कार्यक्रम’ सुरुआत् गरिएको हो ।

‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रमको मङ्गलबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका अशक्त ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असाहय, लोपोन्मुख, अति विपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरिसकेको नगरप्रमुख अधिकारीले बताए ।
टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आगामी पाँच वर्षमा प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिने बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यलगायतले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त कार्यक्रम सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।