१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा अत्याधिक चिसो, तीन डिग्रीमा झ¥यो तापक्रम




३ पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।
यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ ।
मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।
नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ३४ बजे