ललितपुर खबर
३ पुस ०७८, ललितपुर । ललितपुरबाट नेपाली काँग्रेसकाको खुला तर्फ केन्द्रिय समितीमा उम्मेदवारी दिएका उदयशम्सेर राणा, मदनबहादुर अमात्य र जीतजंग बस्नेत जित्ने सम्भावना बढ्दै गएको छ ।
शनिबार साँझ सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार तीनै जना नेताहरु अगाडि देखिएका छन् ।
११ सय मत गणना गर्दा पछिल्लो परिणाम अनुसार उदयशम्शेर राणा ७ सय ५१ म्त ल्याएका छन् । जितजंग बस्नेतले ५ सय १३ र मदन बहादुर अमात्यले मदनबहादुर अमात्य ४ सय ९ मत पाएका छन् ।
पछिल्लो परिणाम अनुसार डा. शशाक कोइरालाले ८ सय ८२ मत ल्याउदै अगाडि छन् ।
केन्द्रिय सदस्यको खुलामा ९९ जनाको उम्मेदवारी परेको थियो । सबै भन्दा धेरै मत ल्याउने ३५ जना धेरै विजयी हुनेछन् भने ६४ जना पराजित हुनेछन् ।
आज रातको १ बजेसम्म मत गणना गरिसक्ने लक्ष्यका गणना भइरहे पनि आइतबार विहानसम्म नजिता आउनसक्ने एक नेताले ललितपुर खबरलाई बताए ।
३ पुस २०७८, शनिबार
0
Shares
प्रतिक्रिया