२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकन्थलीको टहरामा चोरी




८ पुस ०७८, भक्तपुर । भक्तपुरको लोकन्थलीको एक टहरामा चोरी भएको छ ।
प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने रामेछाप नगरपालिका ३ घर भएका ३३ वर्षीय शिवराम खत्रीको टहराबाट नगद १ लाख ७४ हजार रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
उक्त टहरामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको ताला फोडी धनमाल चोरी भएको सूचनालगायत महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।