ललितपुर खबर १० पुस ०७८, ललितपुर । ललितपुर महानगरपालिकामा कोरोनाबाट प्रभावित चार सय ८९ जनाको विवरण सङ्कलन भएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दुई सय ५६, सङ्क्रमित भइ आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका एक सय ७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका २९ वटै वडाबाट प्राप्त भएका आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराउन लागिएको महानगरले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैँया राहत रकम उपलब्ध गराइने भएको छ। सहयोग रकमको चेक बुझ्न महानगरपालिकामा सम्पर्क गर्न महानगरको सबैलाई आग्रह छ ।
प्रतिक्रिया