१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भष्टाचारको काण्डपछि काठमाडौं महानगरका ज्ञवाली गए, पौड्याल आए




१२ पस ०७८, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको भवन निर्माणको क्रममा भष्टाचारको काण्ड बाहिरिएसँगै प्रमुख प्रशासकीय अधिकृत राजृेश्वर ज्ञावालीको सरुवा भएको छ । मन्त्रालयको आइतबारकै निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् ।
यता महानगरको यसै पदमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आइतबार .पद बहाली गरेका हुन् ।
पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार सुनिश्चत गर्न सक्दो प्रयास गर्ने बताएका छन् ।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि अझ राम्रो बनाउन सहयोग पुग्ने उल्लेख गरे । विसं २०५३ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरे पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन् । उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रही काम गरिसकेका छन् ।
अख्तियार अनुसन्धान आयोगले भवन निर्माणको विषयमा अनुसन्धान गरिरहेको यो समयमा भएको सरुवालाइ प्रशासनिक क्षेत्रमा अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।