१२ पुस ०७८, चापागाँउ । भुपेन्द्र सिलवालको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ५१ सदस्यीय गोदावरी नगर कमिटी गठन गरेको छ ।
कार्यक्रममा ललितपुर गोदावरी नगरका २ सयभन्दा बढी भूतपूर्व प्रहरी तथा सैनिकलाई गोदावरी एमालेले सम्मान गरेको छ ।
ललितपुरका संघीय सासद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ संजेल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका महासचिव मिठाराम केसीलगायतले आइतबार सम्मान गरेका हुन् ।
पूर्व डीआईजी समेत रहेका संघीय सांसद नवराज सिलवालले कसैलाई पूर्वाग्रह नराखी माया र सम्मान गर्ने पार्टी एमाले रहेको दाबी गरे ।
उनले भने, ‘म पनि लामो समय प्रहरीमा रहर काम गरे । देशको परिवर्तनमा राष्ट्रसेवकको ठूलो भूमिका छ ।’
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका महासचिव मिठाराम केसीले एमालेले सबै पेशा व्यावसायमा आवद्ध नेपालीहरुलाई एमालेले सम्मान गर्ने संसकार बसाएको बताए । उनले भने, ‘ त्यसैले सबैका लागि एमाले प्यारो छ ।’
प्रतिक्रिया