२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लेलेबासी सेनाका महासेनानी थापा बने सहायक रथी




१३ पुस ०७८,काठमाडौं । ललितपुर लेलेका नेपाली सेनाका महासेनानी भोलानाथ थापा नेपाली सेनाको सहायक रथिमा बढुवा भएका छन् ।
गतपौष ०८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सहायक रथीमा बढुवा भएका हुन् ।
उनी सहित बढुवा भएकालाई जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधानसेनापती प्रभुराम शर्माले हिजो सोमबार दज्र्यानी चिन्ह प्रदान गरे । सहायक रथीमा बढुवा हुने महासेनानीहरुमा भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी, प्रकाशराज थापा, भुवन खत्री, ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल रहेका छन् । त्यस्तै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई पनि प्रधानसेनापति शर्माबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी प्रदिपजंग केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्त भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वा टर काठमाडौंको कमाण्ड सेनापतिमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ०७ बजे