१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लेलेबासी सेनाका महासेनानी थापा बने सहायक रथी




१३ पुस ०७८,काठमाडौं । ललितपुर लेलेका नेपाली सेनाका महासेनानी भोलानाथ थापा नेपाली सेनाको सहायक रथिमा बढुवा भएका छन् ।
गतपौष ०८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सहायक रथीमा बढुवा भएका हुन् ।
उनी सहित बढुवा भएकालाई जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधानसेनापती प्रभुराम शर्माले हिजो सोमबार दज्र्यानी चिन्ह प्रदान गरे । सहायक रथीमा बढुवा हुने महासेनानीहरुमा भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी, प्रकाशराज थापा, भुवन खत्री, ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल रहेका छन् । त्यस्तै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई पनि प्रधानसेनापति शर्माबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी प्रदिपजंग केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्त भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वा टर काठमाडौंको कमाण्ड सेनापतिमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।