१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमै युवा पलायन भएपछि एमालेले बनायो महाकाल—काठमाडौं सम्पर्क कमिटी




१६ पुस ०७८, चापागाँउ । ललितपुरबाटै युवाहरु काठमाडौं शहर पलायनको क्रम बढेपछि नेकपा एमाले ललितपुरले सम्पर्क कमिटी बनाएको छ ।
नेकपा एमाले स्थायी समिती सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं उपत्यकामा बाहुल्य भए पछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताइन् । उनले भनिन्, ‘गाँउका युवा सबैजसो शहरमा छन् । उनीहरुलाई सम्पर्क कमिटीमार्फत संगठित गर्नसके पार्टी थप मजबुत हुन्छ ।’
दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाँउपालिकाबाट बसाई सर्ने प्रवृति रहेको बताए । उनले भने, ‘यहाँ शहरका सबै सुविधा छ, गाँउमै क्याम्पस बोर्डिङ स्कूल छ । तर कोही बस्न मान्दैन ।’
दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा विजुली बत्ती पुगेको र गाँउपालिकाले सित्तैमा इन्डिक्सन चुलो बाँढेको बताए । उनले भने, गाँउमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत शहर पसेका छन् ।
उनले भने, ‘अव गाँउपालिकाको चुनौती ती बसाई सरेर फर्केका स्थानीयबासीलाई फकाँउनु रहेको छ ।’
धेरै स्थानीयले थातथलो छोडेर गए पनि बसाई भने सरी नसकेको उनको भनाई छ । भने, ‘हामी कहाँ धेरैले बसाई सराईको कागज बनाउन आएका छैनन् ।’
संघीय सासंद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताए । उनले भने, ‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई शहरबाट फर्काउन सकिएला ।’
सिलवालले दक्षिण ललितपुरमा स्वच्छ हावा पानी रहेको बताउदै यहाँका अगाँनिक खाने कुराले मानिस लामो आयु बाँच सक्ने बताए । ‘यो बसाई सराईको अवस्था आउनु दुःखद हो । अवको हाम्रो लक्ष्य यो अवस्था रोक्नेतर्फ केन्द्रित हुनुपर्छ’,उनले भने ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुबर्षिय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताए । उनले भने,यो सडक पक्की भएपछि यहाँका स्थानीयले थप सुविधा पाउछन् ।
सञ्जेलले गाँउबाट युवाहरु पलायन भएसँगै बसाई सराई बढेको बताए । ‘युवालाई गाँउमा रमाउने वातावराण बनाउन सके गाँउको विकाशले फट्को मार्नेछ ।’ उनले भने ।
नवराज सञ्जेलले केही वर्षअघि दक्षिण ललितपुर काठमाडौं सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौं उपत्यकामा महाँकाल गाँउपालिकाका युवा युवतीको संख्या दिन दिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको तर्क थियो ।
एमाले स्थायी कमिटी सदस्य काँशीनाथ अधिकारीले ललितपुर जिल्लामा पनि माहाँकाल काठमाडौं सम्पर्क कमिटी बनाउनु पर्ने अवस्था रहेको खबर पहिलो पल्ट सुन्दा आश्चार्य लागेको बताए । उनले भने, ‘ललितपुरको भूगोल विविधतापूर्ण छ भन्ने त थाहा थियो । तर सम्पर्क कमिटी नै बनाउनु पर्ने भूगोल र यहाँ युवाहरुको पलायन छ भन्ने चाही थाहा थिएन ।’
भेलाले राजेन्द्रकुमार घिमिरेको अध्यक्षता नेकपा एमाले माहाँकाल उपत्यका सम्पर्क कमिटी बनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।