१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोदावरीमा बुद्धको मूर्ति चोरी



फाइल तस्विर

१७ पुस ०७८, ललितपुर । ललितपुरको गोदावरी ३ टौखेलको प्रतिक्षालयमा राखिएको बुद्धको मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको हो ।
चोरी भएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।