१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपा बजारमा अपरिचित मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु



© Lalitpurkhabar/

१७ पुस ०७८, काभ्रे । काभ्रेको बनेपा नगरपालिका ७ पुरानो तरकारी बजार अगाडि अहिलेसम्म नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ८ तिनधार बस्ने ६० वर्षीय नुछेलाल मानन्धरको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको प्रहरीको भनाई छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।