१९ पुस ०७८, ललितपुर । ललितपुर गोदावरी नपा वडा नम्बर ९ स्थित भोर्ले कुलो मुहान निर्माण शिलान्यास गरिएको छ । कुलो मुहानको सोमबार एक समारोहकाबीच उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिलान्यास गरेकी हुन् ।
नयाँ प्रविधिमा आधारित नदि नियन्त्रण आयोजनाअन्तर्गतको यो मुहान संरक्षण भएपछि बुङमती, छम्पी, थेचो र चापागाउका करिब ४०० हेक्टर जमीनमा नियमित सिँचाई सुविधा उपलब्ध भइ करिब १,१५४ घरधुरी र ५,२८४ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया