२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सानोभर्‍याङबाट ११ ‘बिचौलिया’ पक्राउ



२१ पुस ०७८, काठमाडौं । काठमाडौंको सानोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ११ बिचौलिया पक्राउ परेका छन् ।
यातायात कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिनेरदिने कार्यमा बाधा पुर्‍याइ लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजेर छिटो काम गराइदिने भन्दै आश्वासन दिने ११ जनालाई बुधबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा उदयपुरका ताप्ली गाउँपालिका–२ का २४ वर्षीय अजय मगर, उदयपुरकै तावाश्री गाउँपालिका–७ का २७ वर्षीय सुरज मगर, सर्लाहीको राजधाट गाउँपालिका–७ का २४ वर्षीय हेम बहादुर खपाङ्गी, सर्लाहीकै जानकी गाउँपालिका–३ का १९ वर्षीय साजन मगर, रौतहटको चन्द्रनिगाहपुर–१ का ३३ वर्षीय विश्ववल्लभ लामा छन्।

यस्तै, कास्कीको भरतपोखरी गाउँपालिका–१ का २४ वर्षीय सृजन थापा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ बस्ने २४ वर्षीय योञ्जन लामा, लमजुङको दूधपोखरी गाउँपालिका–८ का ३२ वर्षीय मेघराज गुरुङ, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का १९ वर्षीय सुशान गिरी, काठमाडौंको नागार्जुन नगरपालिका–२ का २८ वर्षीय लक्ष्मण सुनार र रामेछापको उमाकुण्ड गाउँपालिका–८ घर भएका ३२ वर्षीय विज्ञान सुनुवारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।