२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमाले अधिवेशनः सहमतीमै नेतृत्व चयनमा जोड



२३ पुस ०७८,ललितपुर । ललितपुर मंगलबजारमा आयोजित एमालेको आठौं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सहमतीमा नेतृत्व चयन गर्नु पर्नेमा बक्ताहरु एकमत देखिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले मभहासचिव शंकर पोखरेलले विपक्षी पाटीहरुबाट चौतर्फी आक्रमण भइरहेको अहिलेको अवस्थामा सहमतीमै अघि बढ्नसके मात्रै आफूहरुको जित हुने बताए । महासचिव पोखरेलले भने, ‘केही महिनामै स्थानीय निर्वाचन आइरहेको छ । तपाईहरु मिलेरै अघि बढ्दा फाइदा छ ।’


पोटिलव्युरो सहस्य सुशीला नेपालले ललितपुरका ६ वटै पालिकामा विजयी हुन सहमतीका साथ नेतृत्व चयन गर्न जरुरी रहेको बताइन् । उनले भनिन्, ‘ललितपुरमा सहमतीका साथ अघि बढ्ने हो भने हामी स्थानीय तहमा विजयी हुन्छौं ।’


नेपालले केन्द्रमा देखाएको एकताबद्ध एमाले जिल्ला तहमा पनि देखिनु पर्ने बताइन् । उनले भनिन् ‘यहाँ खासै नेतृत्वका विषयमा मिल्न नसक्ने केही छैन । नत्र भने लोकतान्त्रिक विधि त छदैछ ।’
संघीय सासंद नवराज सिलवालले एमालेभित्र खेलेर विपक्षीले सधै फुटाउन मात्रै खोजेको बताए । उनले भने,‘यही बेला हामी मिलेर अघि बढ्नुपर्छ ।’ सिलवालले ललितपुरमा जुझारु नेतृत्व आउने विश्वास व्यक्त गर्दै जिल्लाको राजनीतिमा सुनौला दिनहरु सुरु हुने बताए ।


नेकपा एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आफ्नो कार्यकालमा एमालेले ललितपुरमा उल्लेख्य उपलव्धि गराएको बताउदै यी उपलव्धि जोगाउनका लागि पनि सहमतीको नेतृत्व अरुरी रहेका बताए । उनले भने, ‘केही महिनामै स्थानीय निर्वाचन आउने र त्यस लगत्तै प्रदेश र केन्द्रको निर्वाचन आएको हुँदा सहमतीका साथ जानसके कसैको मनमा आन्तरिक मनमुटाव नहने हुँदैन । मिलेर जाँदा हाम्रो विजय हुन्छ ।’
पाटनका विभिन्न गल्लीहरु हुँदै नेता कार्यकर्ताहरु मंगलबजारमा उद्घाटन समारोहसम्म ¥यालीको आयोजना गरिएको थियो । न्युज कारखाना

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ५८ बजे