२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


४० वर्षपछि फर्काइँदै देवता



२३ पुस०७८, काठमाडौं । ४० वर्षअघि हराएको पद्मपाणी लोकेश्वर (करुणामय)को मूर्ति राष्ट्रिय स‌ग्रहालयमा फेला परेको छ । उक्त मूर्ति विभिन्न प्रहरी कार्यालयमा खोज्दै जानेक्रममा छाउनी स्थित राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको पाइएको हो ।
मूर्ति संग्रहालयमा रहेको थाहापाएपछि सम्पदा अभियन्ता तथा सम्पदा संरक्षण अभियानका संयोजक यादबलाल कायष्थ लगायतको सहकार्यमा प्रक्रिया पुर्‍याएर पद्मपाणी लोकेश्वर (करुणामय) द्योको स्थान नक्सालमा पुर्‍याइने भएको छ ।
यही पौष २५ गते १० बजे नेपाली सेनाको विशेष बग्गीमा राखेर पद्मपाणी लोकेश्वर (करुणामय)लाई नेपाली सेनाको बाजा (गुरजुको पल्टन) सहित विशाल जात्रा गरेर नक्साल पुर्‍याइने कायष्थले बताए । अष्टमिका दिन अर्थात २६ गते नक्सालस्थित शंकर किर्ति बिहारमा विशेष पुजा गरी मूर्तिलाई स्थापना गरिने छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०१ बजे