
२४ पुस ०७८, ललितपुर । ललितपुर हस्तकला संघमा रमेशसिं महर्जन चयन भएका छन् । ललितपुरको शंखमुलमा शुक्रबार भएको १५औं बार्षिक साधारण सभाले महर्जनलाई सर्वसम्मतिबाट अध्यक्षमा निवार्चित गरेको हो ।
संघको नयाँ कार्यसमिती उपाध्यक्ष प्रदिप बज्राचार्य, महासचिव रविन महर्जन, सचिव कपिल शाक्य, कोषाध्यक्ष राकेश बज्राचार्य, सदस्यहरुमा सविता महर्जन, रत्न म७३घढसनि वर्माचाय, निलेन्द्र महर्जन,मिलिन्द शाक्य रहेका छन् ।
ललितपुर हस्तकला संघको १५ औं बार्षिकको उद्घाटन सत्रमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, ललितपुर महानगरपालिकाका उप मेयर गिता सत्याल, हस्तकला महासंघका पुर्व अध्यक्ष ईन्द्रबहादुर शाक्य, हस्तकला महासंघकाअध्यक्ष सुरेन्द्रभाई शाक्य लगायत सहभागी थिए ।
कार्यक्रममा संघका अध्यक्ष बिसराम सिं महर्जनले सहभागीलाई स्वागत गर्दै संस्थाको प्रगतिबारे जानकारी दिएका थिए ।







प्रतिक्रिया