९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर एमालेमा सहमतिको सम्भावना न्यून, अध्यक्षमा देउजा र थापा लड्दै



२४ पुस ०७८, भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगतरुपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास पनि भइरहेको जानकारी दिएका छन्।

उनले भने, “अधिवेशनमा नेतृत्वका लागि एकभन्दा बढीको चाहना हुनु स्वभाविक हो, दुई जनाले अध्यक्षमा चाहना गर्नुभएको छ, हामी दिउँसो ३ बजेसम्म सर्वसम्मतकोे प्रयास गर्छौं, नभए ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गर्छौं, आजै निर्वाचन सक्छौँ ।” जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन देउजा र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले उम्मेदवारी दिने भएका छन् ।

एकसय पाँच सदस्यीय कमिटीमा सर्वसम्मत हुन नसकेका पदमा चुनाव गर्ने तयारी निर्वाचन समितिले गरे पनि एमाले केन्द्रीय नेता महेश बस्नेत, सोमप्रसाद मिश्रलगायत भने सर्वसहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने कसरतमा लागेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।