२५ पुस ०७८, बनेपा । नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएकी छिन्।
शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरु चयन भएका हुन् । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख छन् । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार भएकी थिइन् ।
अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १सय ५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुने भएको छ ।
२५ पुस २०७८, आइतबार
0
Shares
प्रतिक्रिया