१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिजुलीबजारमा सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु



२६ पुस ०७८, काठमाडौं । बानेश्वर बिजुलीबजारमा नेपाली सेनाका जवानले चलाएको टिपरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सैनिक जवान दुर्गा श्रेष्ठले चलाएको टिपरले आइतबार राति साढे १० बजे बानेश्वर बिजुलीबाजरस्थित मायालु रोधीघरबाट निस्केका कालीकोटको पचालझरना गाउँपालिका–२ का २२ वर्षीय विपिन विकलाई ठक्कर दिएको थियो।

विकको घटनास्थलमै मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा २ ख ५१४५ नम्बरको टिपरले बिकलाई ठक्कर दिएर चालक भागेका थिए।

 

सैनिक जवान श्रेष्ठले रातिको समयमा ‘पार्ट टाइम’ निजी ठेकेदारको टिपर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न ठाउँको सीसीटीभी फुटेजको आधारमा टिपरको पहिचान गरेर टिपर धनी काभ्रेका बुद्ध तामाङलाई सोमबार नियन्त्रणमा लिएको छ।

आफूले चलाएको टिपरले पैदलयात्रीलाई ठक्कर दिलगत्तै श्रेष्ठ भागेर राष्ट्रपति कार्याल पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।