२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा चल्ने सवारी साधनले आजदेखि सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने



२८ पुस ०७८, ललितपुर । ललितपुरमा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।