२८ पुस ०७८, काठमाडौं । यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरवार क्षेत्रमा मनाइने भएको छ ।
हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा देशभर नै विभिन्न कार्यक्रम गरिए पनि मूल कार्यक्रम ललितपुरको पाटन दरवार क्षेत्रमा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
गत वर्षको मूल कार्यक्रम भक्तपुरमा आयोना गरिएको थियो ।
२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार–प्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी मूल कार्यक्रम ललितपुरमा गर्ने जानकारी दिएको हो । दिवसमा ७ वटै प्रदेश सरकारसहित ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु गरिने छ ।
प्रतिक्रिया